शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

घनश्यामको एकता प्रस्ताव सुने पछि रिसले आगो हुँदै ओलीले भने झ्याल-ढोका फोरेर हिँड्नेसँग केको एकता ?


  • सोमबार, चैत्र ७ २०७८
14.8K
SHARES

फाइल तस्विर

घनश्याम भुसाल र रघु पन्तले आगामी चुनावमा गठबन्धन र वाम एकताका लागि एमालेले ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओली रिसले आगो हुदै झ्याल ढोका फोरेर हिँड्ने सँग के को एकता भन्दै जवाफ फर्काएका छन् ।

आगामी चुनावमा एकताको ढोका खुल्ला राख्नु पर्ने प्रस्ताव सुनेपछि ओलीको मनसाय माधव नेपाल र प्रचण्डहरू सँग एकता हुन नसक्ने बताएका हुन् ।

सोमबार बसेको पोलिटब्युरो  बैठकको अन्तिममा अध्यक्ष ओलीले नेता भूसाल र पन्तले राखेको प्रस्तावको जवाफ दिँदै ओलीले प्रचण्ड र माधव नेपालले एकताको ढोका खुला राख्नुपर्ने धरातल नै नराखेकाले उनीहरुलाई एमालेले पुन एकताका लागि ढोका खुलै राख्नुपर्ने आवश्यकता नभएको जवाफ दिएका हुन् ।

वामपन्थी एकताका लागि एमालेले ढोका खुला राख्ने कुरामा प्रचण्ड र माधव नेपालले त्यो धरातल नै राख्नुभएको छैन । उहाँहरू ढोका फोरेर जानु भएको छ त्यसैले एमालेले एकताको ढोका खुल्ला गर्न सक्दैन । काँग्रेसलाई सत्ता बुझाएर हिड्ने हरु सँग एकता सम्भव छैन भन्ने अध्यक्ष ओलीको भनाइ रहेको निकट स्रोत बताउँछ । ‘नामका वामपन्थी कामका विरोधीहरुलाई समेट्न सकिँदैन ।

यो एजेण्डा अहिलेको एजेण्डा पनि होइन’, ओलीले बैठकमा भनेका थिए, ‘उहाँहरु (माधव प्रचण्ड) लाई होइन तलका नेता कार्यकर्तालाई स–सम्मान ल्याउन सकिन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा