मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

एमालेले यस्तो बनायो उम्मेदवार छनोट मापदण्ड


  • KTM Khabar
  • सोमबार, चैत्र ७ २०७८
3.3K
SHARES

तस्विरः फाइल

नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै उम्मेदवार छनोट मापदण्ड बनाएको छ। स्थायी कमिटीले गरेको निर्णयलाई सोमबार बसेको पोलिटव्यूरो बैठकले अनुमोदन गरेको हो।

मापदण्डअनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन र पार्टीमा क्रियाशीलता हेरिनेछ।

पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कार्यक्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा योगदान पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशी छनोटको मापदण्ड हो।’

वडा सदस्य र वडाध्यक्षको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिला कमिटीले निर्णय गर्नेछ।

यस्तै, पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ।

महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने उपमहासचिव गुरुङले जानकारी दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा