शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्था एमालेविरुद्ध मात्रै भएको ओलीको ठहर


  • सोमबार, चैत्र ७ २०७८
10.8K
SHARES

फाईल तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । एमाले पोलिट व्यूरो बैठकमा अध्यक्ष ओलीले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्था एमालेविरुद्ध भएको भन्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।

‘मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध छ,’ उनले भने। उनले एमालेलाई अप्ठ्यारो पार्ने गरी आचारसंहिता ल्याइएको आरोप लगाए ।

ओलीले भने, ‘निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था बनाउँदा राजनीतिक दलहरुसँग परामर्श गरेन । आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श गरेन । हामीलाई अफ्ठेरो पार्ने काम गर्‍ यो ।’ओलीले अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा