मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन: भट्टराई


  • KTM Khabar
  • सोमबार, चैत्र ७ २०७८
3K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताएका हुन् ।

यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ ।

स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन’, भट्टराईको भनाइ छ । उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए । ‘९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुन्छ ।

’ उनले भने, ‘एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था छ । यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा