शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

स्थानीय, प्रदेश र केन्द्रमा अब एमालेको सरकार हुन्छ: ओली


  • सोमबार, चैत्र ७ २०७८
9.9K
SHARES

फाइल तस्विर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमालेले तीनै तहका सरकार बनाउने बताएका छन्। तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न नसक्ने ओलीको भनाइ छ।

‘तीनै तहमा अब हाम्रो सरकार हुन्छ, स्थानीय तहमा छिटपुट नहुन सक्छ,’ काठमाडौंमा आज भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामी जिम्मेवार भएर लाग्नुपर्छ।’

उनले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा पार्टीका चार नेता चीन भ्रमणमा गएको बताए। उनकाअनुसार अब विस्तारै विभिन् देशमा भ्रमण आदानप्रदान र विचार आदानप्रदानका कुराहरू हुनेछन्।

याे पनि पढ्नुहाेस्:

‘बरु ध्वस्त हुन्छौँ, रुस समक्ष आत्मसमर्पण गर्दैनौँ’

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको सिधा वार्ताका लागि फेरि आह्वान गरेका छन् । जारी युद्ध रोक्ने एकमात्र विकल्प पुटिनसँगको सिधा वार्ताबाट मात्रै सम्भव रहेको उनले उल्लेख गर्दै आएका छन् ।

युक्रेन र रुसका प्रतिनिधिबीच विभिन्न चरणको वार्ता भए पनि हालसम्म कुनै प्रगति हाँसिल भएको छैन । युद्धको आदेश पुटिनले दिएको र त्यसलाई रोक्ने निर्णय पनि उनले नै गर्न सक्ने आफूहरुलाई थाहा रहेको जेलेन्स्कीले बताएका हुन् । सोही कारण पुटिनसँगको सिधा वार्ताका लागि आफूले जोड दिँदै आएको जेलेन्स्कीको भनाइ छ ।

कुनै पनि संरचनामा पुटिनसँग सिधा वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘सिधा वार्ता बिना उनीहरु यो युद्ध रोक्नका लागि के चाहन्छ वा के गर्न तयार छन् भन्ने थाहा हुँदैन ।’

जेलेन्स्कीले कुनै पनि अवस्थामा आक्रमणकारी समक्ष आत्मसमर्पण नगर्ने बताएका छन् । रुसी आक्रमणकारीले आत्मसमर्पण गराउने खोज्दा पूरै शहरहरु ध्व,स्त पार्ने जेलेन्स्कीले बताएका हुन् ।

कुनै पनि अवस्थामा राजधानी किएभ, उत्तरी शहर खार्किभ वा गम्भीर गो,ला,बारीले ध्व,स्त भएको र घेराबन्दीमा परेको मारिपोल या अरु कुनै शहर आफ्ना देशका नागरिकले रुसी आ,क्रमणकारीलाई हस्तान्तरण नगर्ने स्पष्ट पारेका छन् ।उनले भनेका छन्, ‘युक्रेनले रुसको अल्टिमेटम पूरा गर्दैन । त्यसका लागि हामी पहिले ध्व,स्त हुनु पर्छ ।’रुसले मारिपोल शहरलाई आत्मसर्मपण गर्न अल्टिमेटम दिएको थियो । तर युक्रेनले त्यसलाई ठाडै अस्वीकार गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा