शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ड्युटीमा खटिएकी राष्ट्रसेवक ‘प्रहरी’ जसले अरूलाई जोगाउँदा आफू अपराधीहरूको हातबाट मारिनु पर्‍यो !


  • सोमबार, चैत्र ७ २०७८
15.8K
SHARES

मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा आइतबार झडप भयो । झडपलाई नियन्त्रण गर्न र ठुलो जनधनको क्षति हुन नदिन प्रहरी ड्युटीमा घटनास्थल पुग्यो ।

तर जनताको सुरक्षा दिन मैदानमा पुगेको प्रहरी माथि नै स्थानीय खनिन पुगे । सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भयो ।

अरूको सुरक्षामा खटिएकी प्रहरी जवानले आफ्नो सुरक्षा गर्न सकिनन् आक्रामक भिडले उनलाई निल्यो । ०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । जनताको सुरक्षा गर्दै गर्दा उत्तेजित आपराधिक मानसिकता भएको भिडले उनको ज्यान लियो ।

खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो । उनका पती पनि प्रहरी सेवामै कार्यरत छन् । उर्मिलाका दाई पनि प्रहरी सेवामै  छन् ।

आइतबारको घटनामा ३० प्रहरी र केही आन्दोलनकारी समेत घाइते भएका छन् । घटनास्थल लेटाङमा आज बिहानैदेखि कर्फर्यु आदेश जारी गरिएको छ । आरोपी शिक्षक प्रहरी नियन्त्रणमा छन् । मोरङ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीमाथि कारवाही हुने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा