मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा आइतबार झडप भयो ।
सो झडपलाई मध्यनजर गर्दै सुरक्षा दिन नेपाल प्रहरी घटनास्थल पुगे । स्थानीय र दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई सुरक्षा दिने क्रममा आक्रोशित स्थानीयको आक्रमणबाट एक प्रहरीले ज्यान गुमाउनु परेको छ ।
सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो ।
उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जल्लाको लेटाङस्थित शिक्षा बिकास माविमा कक्षा ७ मा अध्यायनरत एक १३ वर्षिया विद्यार्थीलाई एक शिक्षकले बलात्कार प्रयास गरेको आरोप लागेपछि आक्रोशित स्थानीयले प्रहरी महिलालाई आक्रमण गरि गम्भिर घाइते बनाएका थिए ।
बलातकार प्रयास गरेका शिक्षकबिरुद्ध आक्रोशित बनेका स्थानीयले विद्यालय घेराउ गरेका थिए । जसक्रममा प्रहरीमाथि पनि स्थानीयले आक्रमण गर्न पुगेका थिए । आक्रमणमा परेर थप १७ प्रहरी घाइते भएका छन् ।
बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक प्रहरी नियन्त्रणमा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।