स्थानीय चुनावको मुखमा एमालेका चार शीर्ष नेता चीन को भ्रमणमा निस्किएका छन् । छिमेकी मुलुक चीन को भ्रमण गर्न निस्किएका प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि निस्किएका हुन् ।
छिमेकी र शक्तिशाली मुलुक चीनको प्रभाव नेपालमा पनि पर्ने गर्छ । चुनावको मुखमा नेताहरु विदेश भ्रमणमा जाँदै गर्दा आम सर्वसाधारणले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।
आज बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गरेका हुन्।
एमाले स्रोतका अनुसार अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू आज बिहान चीनतर्फ गएका छन्।
उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू सात दिने भ्रमणका लागि युनान प्रान्तको कुनमिङ जान लागेको एमाले निकट स्रोतले बताएको छ ।
कुनमिङमा इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रम छ। त्यसमा पौडेल वक्ता छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।