शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भयो : प्रचण्ड


  • आइतबार, चैत्र ६ २०७८
10K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताएका छन् ।

पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको समेत बताए ।

‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको  थियो,’ प्रचण्डको भनाइ छ, ‘एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४/१५ समूह लाइनमा छन ।’

प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ?  बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो,’ प्रचण्डको भनाइ छ, ‘फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा