शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चुनावमा देशभर पाँच दललाई एउटै कुच्चाले बडार्छौं : ओली


  • आइतबार, चैत्र ६ २०७८
12.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बडार्ने बताएका छन्।

इलाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्।

उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतीसाल भएर उभिन्छ। देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बडार्नेछ। हामी चुनाव पर्खिरहेका छौं। एमाले नेपाली जनताको पार्टी हो।’

अध्यक्ष ओलीले कम्युनिस्टको बर्को ओढेका अन्तरेजन्तरेले एमालेविरुद्ध लागेको आरोप लगाए। ‘एमालेले लगाइदिएको मेयरको फुली बोकेर, संसदको फूली बोकेर एमालेविरुद्ध लाग्ने? आउँदो निर्वाचनमा जवाफ दिनुपर्छ। गुन बिर्सिने यस्ता तत्वहरुलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ,’ उनले भने।

एमाले कसैलाई अल्मल्याउने, झुक्याउने पार्टी नभएको उनको भनाइ थियो। ‘तपाईहरुले दिएको भोटको भत्ता खाइरहेका छन्, अनेकथरी कुरा गरिरहेका छन्। एमालेले कसैलाई भ्रममा पार्दैन,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा