सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

कम्युनिस्टका दोधारे कुराले नागरिकमा गलत सन्देश गयो : प्रकाशमान सिंह


  • आइतबार, चैत्र ६ २०७८
12.2K
SHARES

तस्विरः फाइल

कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग स्वीकार हुने बताएका छन्।  नेता सिंहले  कांग्रेसले  देश र जनताको हितविपरितका सहयोग भने अस्वीकार गर्ने प्रष्ट पारे।

राजनीति, मुलुक र जनताको हितमा आफू प्रष्ट रहेको बताउँदै अहिले एमसीसीको विषय लिएर फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न नेता सिंहले आग्रह गरे।

नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले घरघर जाऊँ कांग्रेस जिताऔं अभियानअन्तरगत वुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले  कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको बताए। उनले  त्यस्ता  हल्लाको चिरफार गर्न नागरिकसामु गएर बुझाउनुपर्ने आवश्यकता रहेको बताए। उनले भने,’ चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्छ । जनताको बीचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् ।’

कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तराष्ट्रिय जगतमा अर्को कुरा गर्न  माहिर रहेको आरोप  लगाए। भ्रमको खेति गर्नेहरुका बारेमा मतदाका घरघरमा पुगेर वास्तविकता बताउँदै  कांग्रेस नेतृत्वमा आजसम्म गरिएका उपलब्धि बुझाएर कांग्रेसको पक्षमा मत माग्न समेत कार्यकर्तालाई आग्रह गरे।

फरक प्रसंगमा बोल्दै नेता सिंहले टिकटको आसा राख्नु  स्वभाविक भएको तर उमेदवार हुन टिकट पाउन पार्टीको सैद्धान्तिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा