शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कसैको वैशाखी नटेकी एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड


  • आइतबार, चैत्र ६ २०७८
11K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नै पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् ।

आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकारसँग प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने शक्ति नै माओवादी रहेछ भन्ने जनतामा परिसकेको बताए ।

२०६४ सालको निर्वाचनमा ५ सिट जित्न सक्दैन भन्ने टिप्पणी गर्ने गरेको स्मरण उनले भने, ‘कसैको वैशाखी टेकेर होइन एक्लै चुनाव लड्ने वाला छौँ, अहिलेका सबै उपलब्धि माओवादीकै एजेन्डा हुन्, हामीले नै जोगाउने हो, त्यसैले अरू सबै माओवादीसँग तालमेल गर्न आउनुपर्छ हामी जाने होइन।’

कांग्रेस उपसभापति धनराज गुरुङले ‘हात्तीको कानमा चमेरा’ भनेर सुन्नै नसकिने टिप्पणी गरेको उल्लेख गर्दै प्रचण्डले त्यस्ता व्यक्तिको कारणबाहेक गठबन्धन कायमै रहने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा