एजेन्सी – अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । उक्त निर्णयलाई विश्व समुदायबाट स्वागत र प्रशंसा गरिएको हो ।
सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो ।
उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिबन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिइएको बताएका समाचार संस्था एएनआईले जनाएको छ ।
आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिबान सरकारको निर्णयलाई संयुक्त राष्ट्र सङ्घले स्वागत गरेको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्न दिने तालिबान सरकारको निर्णयको स्वागत गर्नुभएको हो ।
अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णयबाट आफू हर्षित भएको उहाँले उल्लेख गर्नुभएको छ ।
बालिकालाई पढ्न दिने तालिबान सरकारको निर्णयको अरु अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी सङ्घ सङ्गठनले पनि स्वागत गरेका छन् ।

तस्बिर : यूनिसेफ
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।