काठमाडौं । चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पल शाह प्रकरणमा अदालतबाट फैसला नआउदै आफ्नो फैसला सुनाएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा अभिनेता शाह प्रकरणमा केसीले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
केसी समसामयिक र राजनीतिक बिषयमा खरो टिप्पणी गर्ने विश्लेषक मानिन्छन् । केसीले पल शाह र नाबालिकाले मिलेर मि टु गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो वी टु भएको पनि उनको टिप्पणी छ । प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पल शाह र ती नबालिकाले दुई वर्ष प्रेमिल जीवन बिताएको पनि उल्लेख गरे । उनले भने,‘उनीहरुले दुई वर्ष प्रेमिल जीवन बिताए, अब अहिले युवालाई चाहीँ कहिले तनहुँ, कहिले गैंडाकोट लगिएको छ, सांसद र पूर्वमन्त्रीले त पाँच लाख धरौटीमा रिहा भैसके त, अनि एउटा युवालाई चाहीँ कति दिन न्याँक्नुहुन्छ ?’
उनले नाबालिकालाई बलात्कार गरेको पोहोर हो भने अहिले आएर हल्ला गर्न पाईन्छ ? भन्ने पनि टिप्पणी गरे । उनले यो प्रकरणलाई युवायुवतीले गरेको गल्ती मात्रैको संज्ञा दिए । उनले भने,‘न यो बलात्कार हो, न अपराध हो ।’
नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।
अिनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत अनुसन्धानको लागि थप समय मागेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।