शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राजालाई गाली गरेर राजनीति धान्ने दिन गएः लिङ्देन


  • शनिबार, चैत्र ५ २०७८
13.6K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई गाली गरेर राजनीति धान्ने दिन गएको बताएका छन् ।

‘राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए,’ अध्यक्ष लिङ्देनले भने ‘विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुने र राजालाई गाली गरेर राजनीति धान्ने दिन गए ।’

उनले आज ललितपुरमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै विगतमा केही दल र नेताहरु राजालाई गाली गरेकै आधारमा स्थापित भएको टिप्पणी गरे ।

विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताए । लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताए ।

राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको दाबी गरेका छन् ।

सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।

बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसंगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै लिङ्देनले गणतन्त्र लुटतन्त्रमा रुपान्तरित भएको बताए।

जीवनको पहिलो मताधिकार गर्दै गरिरहेका नवयुवालाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्, यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ ।’

आमसभालाई उपाध्यक्ष रोशन कार्की, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, धर्म संस्कृति समन्वय विभागका प्रमुख पुष्पराज पुरुष, धार्मिक अभियन्ता अभिषेक जोशी, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी लगायतले सम्बोधन गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा