सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

तनहुँ जिल्ला अदालतबाट आयो पल शाहका लागि दु:खद खबर


  • शुक्रबार, चैत्र ४ २०७८
10.7K
SHARES

फाइल तस्विर

काठमाडौं – नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेर तनहुँ जिल्ला प्रहरीको हिरासतमा रहेका शाहका लागि दुःखद खबर आएकाे छ ।

अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ । शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय दिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ । तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो ।

यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा