सरकारले आगामी वैशाख ३० गते तोकेको स्थानीय तह निर्वाचनबारे सत्तारूढ गठबन्धनका नेताहरूले नै आशंका व्यक्त गरेका छन् ।
स्थानीय तह निर्वाचन सम्बन्धमा सत्तारूढ गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बिहीबार बिहान भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनबारे आशंका व्यक्त गरेका हुन ।
शीर्ष तीन नेताको छलफलमा अध्यक्ष दाहालले अझै पनि निर्वाचन हुन्छ कि हुँदैन भनेर हल्ला चलिरहेको भन्दै प्रधानमन्त्री देउवासँग भने, ‘अहिलेको राष्ट्रिय राजनीतिक विषय भनेको करिब–करिब अब निर्वाचनतिर केन्द्रित हुने र जनतासँग आ-आफ्ना एजेण्डा लिएर जाने काममा पार्टीहरू लागि नै सकेका छन् ।
यद्यपि, बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर, निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ।’
अध्यक्ष दाहालको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हँुदैन भन्ने हल्ला चलिरहन्छ, चुनावका दिन भोट हाल्ने दिन पनि यस्तो हल्ला भइरहन्छ ।’
शीर्ष नेताको छलफलपछि पार्टी प्रशिक्षण कार्यक्रमको लागि बुटवल पुग्नुभएका अध्यक्ष दाहालले शीर्ष तीन नेताबीच भएको छलफलबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीले बिहान भेटका लागि बोलाउनुभयो । माधव नेपाल र म थियौँ । निर्वाचन हुँदैन भन्ने हल्ला छ नि भनेर भनेको प्रधानमन्त्रीले नेपालमा यस्तै हो, चुनावको दिन भोट हाल्ने बेलासम्म पनि भनिराख्छन् भन्नुभयो ।’
स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्रीले दिएको जवाफपछि चुनावबारे कुनै कन्फ्युजन नभएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यसकारण म प्रष्ट पार्छु चुनाव नहुने सम्भावना भन्ने कहीँ कतै देखिएको छैन ।