शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

यस्तो छ केन्द्रीय समिति बैठकमा विप्लवले पेस गरेको प्रस्ताव


  • शुक्रबार, चैत्र ४ २०७८
12.3K
SHARES

फाइल तस्विर

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा विप्लवले स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस गरेका छन् ।

कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन्।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे नेकपाको उच्च तहमा छलफल भएको थियो ।

पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा र सन्तोष बुढामगर छन् । अर्का सचिवालय सदस्य धवेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा आफ्नो मत जाहेर गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा