महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सी.सी. को पल्सर एनएस मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
सिंहले २ चैत्रमा यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति(पत्रको परिक्षामा बाँके खजुरा ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।
भे १० प ४३६२ खुल्न आएको सो मोटरसाईकल आशिष गुरूङ्गको रहेको समेत पत्ता लागेको छ । सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।
नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।