त्रिभुवन विमानस्थलबाट भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् । ड्रोनभित्र सुन लुकाएर ल्याउने अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी अनिषहाङ बहिङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले ड्रोनमा ह्याण्डब्यागमा बोकेर ल्याएका थिए । उनले ड्रोनको लेन्समुनि सुनको बिस्कुट राखेका थिए । उनले लगाएको जुत्ताभित्रको भागमा पनि चाँदीको जलप लगाइएको धातु बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीबाट पाँच वटा फोन पनि बरामद भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी गौशला प्रहरी वृतमा राखिएको छ ।
याे पनि पढ्नुहाेस्:
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३८५ रुपैयाँ झरेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।