काठमाडौं । बागमती प्रदेश राजधानी हेटौंडा–८ को वडा कार्यालयमा तोडफोड भएको छ।
वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरूपमा वेवास्ता गरेको आरोप लगाउँदै स्थानीय युवाहरूले तोडफोड गरेका हुन्।
उनीहरूले वडा अध्यक्षको कुर्सी सडकमा ल्याएर फालेका छन्। स्थानीय युवाहरूले सेवामा पक्षपात गरेको आरोप लगाउँदै तोडफोड गरेका हुन्। अहिले वडा कार्यालय तनावग्रस्त अवस्थामा रहेको छ।
तोडफोडपछि एमाले निकट युवाहरूले तोडफोडको विरुद्धमा नारबाजी गरिरहेका छन्। वडा अध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीको उपस्थिति बढाइएको इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक अनिश अधिकारीले बताए।
याे पनी पढ्नुहाेस्:
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।