शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ : प्रचण्ड


  • शुक्रबार, चैत्र ४ २०७८
12.2K
SHARES

फोटो/अध्यक्ष प्रचण्डको फेसबुक पेजबाट साभार

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा तस्बिरसहित स्ट्याटस पोस्ट गर्दै उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् ।

“प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका छन् । जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ,” उनले लेखेका छन् ।

स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ । निर्वाचनका लागि माओवादीले दुईमहिने अभियान पनि सञ्चालन गर्दै छ । प्रचण्ड हाल प्रशिक्षणका लागि प्रदेशका कार्यक्रमहरूमा व्यस्त छन् ।

याे पनि पढ्नुहाेस्:

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३८५ रुपैयाँ झरेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा