अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ ।
अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।
नेपालीहरुको दिमाग हल्लाउनेगरी काठमाडौं आएको अमेरिकी सेनाको जहाजले के–के ल्याएको थियो ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि पहिलोपटक अमेरिकी सेनाको जहाज काठमाडौंमा ओर्लिएपछि सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ ।
शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयरफोर्सको जहाज काठमाडौं आएको बताए ।
विमान शुक्रबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो । यो विमानमा कूटनीतिज्ञसहित सामानहरु पनि भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार युएस एयरफोर्सको आरसीएन १८१६ चार्टर्ड विमान काठमाडौंमा बिहान सवा ९ बजेको समयमा अवतरण गरेको थियो ।
अमेरिकाबाट उडेपछि यो विमान पहिले थाइल्याण्डको बैंकक गएर त्यहाँबाट काठमाडौं आएको हो । उक्त विमानले कूटनैतिक प्रयोजनका सामान लिएर आएको बताइएको छ ।
विमानले १२०० किलोग्राम बराबर ३३ वटा प्याकेजहरु लिएर आएको थियो । ती सामानहरु नेपालस्थित अमेरिकी दुतावासका प्रतिनिधिले बुझिलगेका छन् ।