रामेछाप । नेकपा एमाले प्रदेश कमिटी तथा जिल्ला सदस्य कुमार कँडेल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीलगायत एमाले रामेछापका आधा दर्जन नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
साविकको टोकरपुर गाविसमा एमालेको तर्फबाट गाविस उपाध्यक्षसमेत निर्वाचित भएका कँडेलले आफू २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेको र त्यही समयदेखि एमालेमा सकृय रहेको बताउँदै दोरम्बा शैलुङ गाउँपालिका तथा जिल्ला कमिटी चयनका सिलसिलामा संगठनमा आफ्नो भूमिकाको मूल्यांकन नगरिएका कारण पार्टी त्याग्नु परेको बताएका छन् ।
उनले आफ्नो ३२ वर्षे लामो यात्रामा एमाले र माओवादी केन्द्रको एकतापश्चात हजारौं कार्यकर्ताले देखेको सपनालाई तत्कालीन नेकपाको सरकारले चकनाचुर पारेको बताएका छन् ।
उनले आफू पहिलेदेखि नै १० बुँदे पक्षधर भएको र अहिले सहनै नसकेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।
नेता कँडेलसहित प्रेस चौतारी रामेछापका नेता सौजन्यप्रसााद सत्याल लगाएतका नेता तथा कार्यकर्तालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा तथा अबीर लगाएर पार्टीमा स्वागत गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।