जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई शुद्ध लेख्न सल्लाह दिएका छन्।
अध्यक्ष थापाले आफ्नो पार्टीले पाएको चुनाव चिह्न ‘तीर’लाई ‘तिर’ लेखेपछि उनका सहपाठीसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले यी दुई शब्दका अर्थ फरक फरक हुने जानकारी दिएका हुन्।
यस क्रममा उनले आफूहरूलाई शिक्षकले नेपाली विषय पढाएको स्मरणसमेत थापालाई गराएका छन्।

याे पनि पढ्नुहाेस्:
‘गाई’ माग्न कमल थापा अदालत जाने
कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई पाउन माग गर्दै अदालत जाने भएका छन् । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जनाए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए ।
अहिले बनेको हाम्रो पार्टीका लागि गाई चिन्ह माग्दा आयोगले दिएन । हामी त्यसविरुद्ध अदालत जाने तयारी गरिरहेका छौँ । यसबारेमा कानुनी परामर्श पनि चलिरहेको छ । सम्भवत हामी स्थानीय चुनाव पछाडि वा त्यस अगाडि नै अदालत जान्छौँ, बर्ताैलाले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।