काठमाडौँ– शिक्षक सेवा आयोगले परीक्षाको तयारी गर्नेहरूका लागि एक विशेष सूचना जारी गर्दै उत्तर लेख्ने तरिकाबारे जानकारी गराएको छ।
शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक, निम्न माध्यमिक, प्राथमिक तह तृतीय श्रेणी खुला तर्फको परीक्षा (सामान्य) तथा आन्तरिक प्रतियोगितात्मक बढुवा ९२५५० परीक्षामा सोधिने वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको उत्तर ओएमआर सिटमा कालो मसी भएको कलमले लेख्दारमसी भर्दा ध्यान दिनका लागि सूचित गरेको हो।
साथै आयोगले परीक्षामा सञ्चालन व्यवस्थापनमा सहजीकरण गर्ने शिक्षा विकास निर्देशनालय तथा शिक्षा विकास तथा समन्वय इकाइहरुलाई समेत सोही अनुसार सहजीकरण गर्नका लागि अनुरोध गरेको छ ।
यस्ता छन् परीक्षामा ध्यान दिनुपर्ने विषयहरूः
ओएमआर सिटलाई धुलो, चिसोबाट बचाई, नच्याती, प्वाल नपारी, नपट्याई प्रयोग गर्ने । जसका लागि केही नलेखिएको बाक्लो कागज वा कुट माथि राखेर लेख्ने व्यवस्था मिलाउने,
-सबैभन्दा पहिला आफ्नो नाम तोकिएको प्रत्येक कोठामा एकरएकवटा अक्षररअल्फाबेट लेखी पूरा गर्ने,
-रोल नम्बर लेख्ने कोठाहरूमा आफ्नो प्रवेश पत्र हेरी ११ बटा अङ्क भएको नम्बर यसैसँग राखिएको नमुना जस्तै हुने गरी लेख्ने, रोल नम्बर लेख्ने कोठा तलतिर रहेको ० देखि ९ सम्मका अङ्ग रहेको गोलो घेरामा आफ्नो रोल नम्बरको अङ्ग जति छ त्यसको सिधा तलको गोलो घेराको सोही अङ्कलाई छोप्ने गरी मसी
-जन्म मिति लेख्दा पहिला २ अङ्कको गते, बिचमा २ अङ्कको महिना र अन्तिम २ कोठामा सालको पछिल्ला २ अङ्क लेख्ने,
-लिङ्गमा आफ्नो कुन हो सोही अनुसार कोठामा मसी भर्ने,
-रोल नम्बर शब्दमा लेख्ने ठाउँमा माथिका ११ अङ्कको रोल नम्बरलाई
-क्याटागोरीको कोठामा आफूले दरखास्त दिँदा कुन कुन समूहमा दरखास्त दिएको हो प्रवेश पत्र हेरी सम्बन्धित कोठामा मसी भर्ने । एकभन्दा बढी समूहमा फाराम भर्नेले सोही अनुसारको कोठाहरूमा मसी भर्ने,
-वि.नं. लेख्ने कोठामा आफूले कुन कुन समूह र विषयको विज्ञापनमा दरखास्त दिएको सोही अनुसार वि।नं। क्रमशः कमा,० दिँदै लेख्ने र साल ०७८र०७९ अन्त्यमा मात्र लेख्ने, परीक्षाको किसिममा खुलामा दिनेले बिचमा रहेको खुला परीक्षा ९सामान्य० मा रहेको घेरामा र २५५ बढुवा परीक्षामा सहभागी हुनेहरूले आ.प्र. लेखिएको छेउको घेरामा मसी भर्ने, सेट छनोट गर्दा तपाईँले पाएको प्रश्न पत्रको सिरानमा सेट ए, बि, सि, डि उल्लेख गरिएको हुन्छ ।
सोही अनुसार नै उत्तरपुस्तिकामा रहेको ए, बि, सि, डि मध्ये कुनै एकमा घेराभित्र पर्ने गरी मसी भर्ने, प्रश्नको सही उत्तर छानी सम्बन्धित कोठामा मसी भर्ने । प्रश्न पत्रमा रहेको प्रश्न नं। र प्रश्न पढ्ने ।
उक्त प्रश्नको उत्तर त्यहाँ दिएका चार विकल्प ए, बि, सि, डि मध्ये एक छान्नुहोस् र उक्त सही विकल्प सोही नं। मा रहेका चारवटा ए, बि, सि, डि का घेरा मध्ये सही एकमा मात्र मसी भर्ने, सबै काम सकेपछि एक पटक पुनः हेर्नुहोस् तर तोकिएको ठाउँमा भन्दा बढी घेरामा मसी नभने, मसी घेरा भरी पार्ने।
घेराभन्दा बाहिर नभर्ने , प्वाल नपार्ने र नपट्याउने । उत्तर पुस्तिका परीक्षा हलमा रहेका कर्मचारीलाई बुझाउने, माथि उल्लिखित कुराहरू पालना नहुँदा तपाईँको परीक्षा रद्द हुन सक्छ । केरमेट भएमा, दुईओटामा घेरा लगाएमा, च्यातिएमा तपाईँको उत्तर पुस्तिका रद्द हुने भएकोले सचेत र सजग हुनुहोस् ।
हेर्नुहोस् सूचना र उत्तर लेख्ने नमुना:


