आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमालेले लगायो स्थानीय तहका उम्मेदवारहरुको टुङगो


  • बुधबार, चैत्र २ २०७८
9.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार टुंगो लगाउन मापदण्ड तयार पारेको छ । मंगलबार बसेको सचिवालय बैठटकले उम्मेदवार बन्नेहरुको मापदण्ड पारित भएपछि टिकट पाउनेहरुको टुंगो लागेको हो ।

मंगलबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए।

‘स्थानीय तहको निर्वाचनको सम्बन्धमा उम्मेदवारहरूको सिफारिस निर्णय गर्ने विधि र प्रक्रियाबारे हामीले निर्णय गरेका छौं,’ गुरूङले भने।

वडा तहको वडाध्यक्ष, वडा सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने, नगरपालिकाको मेयर र उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने गुरूङले बताए।

यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको हकमा मेयर र उपमेयरको सिफारिस प्रदेशले गर्ने र त्यसको निर्णय केन्द्रले गर्ने भएको हो।

निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड केन्द्रीय कमिटीबाट पारित गर्ने उनले बताए। चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा