शनिबार, साउन ३० २०८३
ताजा अपडेट

व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल


  • बुधबार, चैत्र २ २०७८
9.1K
SHARES

फाइल तस्विर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् ।

मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताए ।

‘अहिले म आफै बोलिरहेको छु । कसैले भिडियो खिचेर आफ्नो युट्युबमा अपलोड गर्न पाउनुहुन्छ । त्यसको लागि कुनै नियन्त्रण गर्न भएन । तर, जसले म मिडिया हो भनेर भनेर क्लेम गर्छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ । त्यसले गरेका कामहरुलाई कुनै न कुनै हिसाबले नियन्त्रण गर्नुप¥यो’ उनले भने ।

अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको अर्यालको भनाइ छ । पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्र्न लागिएको बताए ।

‘सबै कुरामा नियन्त्रण गर्ने भन्दैमा नकारात्मक रुपमा मात्रै हुँदैन । कहीं कतै दर्ता नगरी विभिन्न कुराहरु अफवाह फैलाएकाले यस्ता कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने हो’ अर्यालले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा