नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक भएर चुनावमा जानुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी आक्रामक हुँदा मात्र जित्छौं, रक्षात्मक मात्र भएर होइन ।
२०६४ को चुनाव हामीले आक्रामक भएरै जितेको हो ।’ पार्टी पंक्ति दुई महिना लाग्ने हो भने चुनाव जित्न सकिने उनले बताएको एक सहभागीले जानकारी दिए ।
माओवादी केन्द्रलाई हराउने र दुई पार्टी मात्र गराउने षड्यन्त्र भइरहेको भन्दै उनले अघि भने, ‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादी माथि छ । यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ । हामी जित्छौं ।’
उनले गटबन्धनमा देलान र खाउँला भन्ने मानसिकता त्याग्न समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।