शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम साढे २ अर्बमा सिमित


  • बुधबार, चैत्र २ २०७८
7.2K
SHARES

फाइल तस्विर

कारोबारको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १९.६५ अंकले ओरालो लागेर २६३१.३२ विन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। यसदिन २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँमा खरिदबिक्री भयो।

यसअघि मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको थियो। नेप्से परिसूचक  १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा अडिएको थियो। मंगलबार  २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

बुधबार एउटा मात्र कम्पनी इमर्जीङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १६ करोड ३६ लाख भन्दा बढीको सेयर कारोबार भयो। यस्तै, १२ करोड २४ लाख बढीको सेयर कारोबार गरी गरिमा विकास बैंक दोस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ समूहमध्ये ३ समूहको मात्रै सूचक बढेको छ। होटल तथा पर्यटनको २.०९, निर्जीव विमाको ०.६४ र सामूहिक लगानीको ०.०२ प्रतिशतले सेयर मूल्य बढेको हो। आज अन्य समूहको सर्वाधिक २.४७ प्रतिशतले सूचक घटेको छ। यस्तै, व्यापार समूहको १.४२, विकास बैंकको १.३१ र वित्तको १.३३ प्रतिशतले सूचक घट्दा लगानीको ०.५४, जीवन विमाको ०.३९, लघुवित्तको ०.१८ र बैंकिङको ०.७ प्रतिशतले सूचक ओरालो लागेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा