सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गयो : राधेश्याम अधिकारी


  • मंगलबार, चैत्र १ २०७८
12.6K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गएको आरोप लगाएका छन् ।

मंगलवार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् ।

उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोपसमेत लगाए । उनले आधारभूत शिक्षा र स्वास्थ्यको विकास नभइकन मुलुकको उन्नति नहुने पनि बताए ।

नेता अधिकारीले संघीय शिक्षा ऐनको विधेयक समितिमा ल्याउन प्रस्ताव गरे । नेता अधिकारीले आधारभूत र माध्यामिक शिक्षाको सन्दर्भमा संघीय शिक्षा ऐन नल्याए आधारभूत शिक्षा र स्वास्थ्यको कुरा अलपत्र पर्ने बताए ।

याे पनि पढ्नुहाेस्:

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे काठमाडौंको मेयरमा उठ्ने संकेत !

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका हुन् ।

डा. भट्टराईले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् । उनले आफूले जिवनमा जनताको लागि सार्थक काम गर्नको लागि जहिले पनि साथिहरूलाई भन्ने गरेको बताएका छन ।

सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ताले काठमाडौंको बाटो हिड्दा बाबुरामको याद आउने भन्दै काठमाडौं बनाउन बाबुराम जस्ता आँट भएका ब्यक्तिहरू आउनु पर्ने बताइका थिए । उक्त ट्विटको जवाफ दिँदै भट्टराईले मेयरमा उठ्न सक्ने सन्केत गरेका थिए ।

यस्तो छ बाबुराम भट्टराईको ट्विट:

प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रम Edouard Philippe अहिले त्यहॅाको Le Havre नगरका मेयर छन्। म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताकालागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख / मेयर बन्नोस्! कसैले सुने पो ! हाम्रो संस्कार जो छ!


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा