शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्री राजकुमारबीच भेटवार्ता


  • मंगलबार, चैत्र १ २०७८
9.4K
SHARES

फाइल तस्विर

दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

याे पनि पढ्नुहाेस्:

भक्तपुरमा दश बर्षदेखि अधकल्चो १७ तले भवनको भित्री कथा

भक्तपुरको राधेराधे चोकको देब्रेपट्टि उभिएको अजङ्गको वेवारिसे भवन देख्नासाथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो हातलमा राखिएको होला ?’ आदि । भाटभटेनी सुपमार्केटको छेवैमा निर्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भएपनि ‘फिनिसिङ’ भने हुन सकेको छैन ।

यस्तो छ भित्री कथा

उक्त भवनको निर्माण कम्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभलपर प्रालि हो । आवासीय अपार्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिकरणबाट निर्माणको स्वीकृति पाएको यो विशाल भवनको नाम ‘न्यौपाने टावर्स’ हो । भक्तपूरको मध्यपुर थिमि नगरपालिकास्थित अपार्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले प्राधिकरणबाट १३ तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइएपछि प्राधिकरणले स्पष्टिकरण सोध्यो । फलस्वरुप आकृति मात्रै ग्रहण गरेको भवनले पूर्णता पाउन सकेन ।

१३ तल्ला निर्माणको स्वीकृति प्राधिकरणबाट पाएको भएपनि छेवैमा ५ तल्ला थप गरेर व्यवसायायिक कम्प्लेक्सको समेत निर्माण थालिएपछि प्राधिरणरले प्रश्न उठाएको थियो । तर, पाँच तले भवनको नक्सा भने २०६७ साल मंसिर २ गते नै नगरपालिकाबाट पास भइसकेको बताइन्छ ।

१७ तल्लाका लागि ‘फार’ मा त्रुटि पाईएको नगरपालिकाको तर्क छ । प्राधिकरणको भक्तपूर कार्यालयले भने नगरपालिकाबाट स्वीकृति भएको जानकारी नआएको बताएको छ । प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजुका अनुसार एक पटक फुकुवा गर्ने सम्बन्धमा नगरपालिकाका प्रतिनिधिसहित प्राधिकरणको बोर्डमा छलफल पनि भएको थियो ।

थिमि नगरपालिकाका तत्कालीन इन्जिनीयर सत्यनारायण साहले २०६७ मा उक्त टावरको डीपीसी सर्जिमिन गराएका थिए । नगरपालिकाको टोलीले त्यतिबेला सर्जिमिन गरेको र मापदण्ड पुग्ने नपुग्ने अध्ययन भईरहेकै समयमा स्थानीय बासिन्दाले बाटोको विषयमा समेत विरोध गरेर नगरपालिकामा उजुरी दिएका थिए । त्यसै कारण निर्माणको काम रोकिएको उक्त भवन अहिलेसम्म वेवारिसे अवस्थामा छ ।

नगरपालिकाले भवन निर्माण मापदण्ड अनुसार फार नपुग्ने भनेपछि कम्पनीले जोडिएको थोरै जग्गा किनेर फार पुग्ने भन्दै अर्को निवेदन पनि दिएको भन्ने सुनिएको तर, त्यसबारे छलफल भएको जानकारी प्राधिकरणमा नआएको प्राधिकरणको भनाई छ ।

नगरपालिकाको भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार फार ३.० हुनुपर्ने थियो । उक्त क्षेत्रको जग्गाको क्षेत्रफल करिब ६ रोपनी ३ आना छ ।

विभागबाटै पहल

न्यौपाने टावरका मालिक भने विष्णु न्यौपाने हुन् । उनले उक्त भवन निर्माणका क्रममा आवासीय अपार्टमेन्टका लागि स्वीकृति लिएको भएपनि भूकम्पपछि मानिसहरु अग्ला घरमा बस्न डराएका कारण होटलमा रुपान्तरण गर्ने सोच बनाएका थिए । भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि अनेकन झण्झटका कारण भवनको फिनिसिङ हुन सकेको छैन ।

होटलका लागि न्यौपानले अनुभवी समूह खोजेका थिए । उनले ग्राण्ड, सोल्टी र सिद्धार्थ ग्रुपसँग यसबारे कुराकानी पनि गरेका थिए । अन्तिममा कुनै पनि समूहले सञ्चालन गर्न मन नगरेपछि न्यौपानेले आफैँ अहिले टावरमा अपार्टमेन्ट र ५ तले भवनमा बिजनेश कम्पलेक्स नै चलाउने मनस्थितीमा पुगेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग, उपत्यका विकास प्राधिकरण र नगरपालिका धाउँदा धाउँदा वाक्क भएपछि उनले विभागबाटै स्वीकृतिको पहल थालेका छन् । यस बारेको आंशिक जानकारी भने प्राधिकरण समक्ष पनि पुगेको छ । नगरपालिका भने केही बोलेको छैन । तर, उक्त स्थानको किता नम्बर २६ र ५० को जग्गा जोडेर मापदण्ड विपरित अर्को भवन बनाउन थालेपछि नगरपालिकामा उजुरी पुगेको मध्यपूर थिमी नगरपालिका बताउँछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा