मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

एमालेलाई जिस्काउने काम नगर्नु, एमाले एक्लैले ६०-७० प्रतिशत स्थानीय तह जित्छ: ओली


  • KTM Khabar
  • मंगलबार, चैत्र १ २०७८
3.2K
SHARES

फाइल तस्विर

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पार्टीले एमालेलाई जिस्काउने काम नबन्द गर्न चेतावनी दिदै आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले ६० देखि ७० प्रतिशतमा जित निकाल्ने दावी गरेका छन् ।

अनेमसंघको तेस्रो पूणर् बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने पनि बताए । झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै उनले माओवादी र माधव नेपालप्रति कटाक्ष समेत गरे ।

‘नाम राख्दैमा म बलबहादुर हुन्नथें कामले हुँदैनथें । नामका कम्युनिष्ट हुन् कामका होइनन् । पार्टीका नाम पनि छानेर राख्छ । जुन फाटोवादी छ उसको नाम एकीकृत’, उनले भने, ‘जो प्रतिगामीको पुच्छर ऊ समाजवादी । नाम र काम एउटै हुँदैन ।’

ओलीले स्थानीय तह निर्वाचनमा जुट्न पनि निर्देशन दिएका छन् । ‘हामी आगामी निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एक्लै जित्न सक्छौं’, उनले भने, ‘यति जित्नका लागि हामीले सबैतिर मिलाउन सक्नुपर्छ ।’

मोहन वैद्यले स्थानीय निर्वाचन बहिष्कार गर्ने निणर्यबारे पनि ओलीले कटाक्ष गरे । ‘मोहन वैद्यले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने रे १ जनमत र कार्यकर्ता भए पो निर्वाचन लड्थे’, उनले थपे, ‘त्यस पार्टीसँग मिलेन भने एमाले सकिन्छ रे केही विद्वादले भनेछन् । मोहन वैद्यलाई भनेको कि माधवकुमार नेपाललाई भनेको कि एमालेलाई भनेको एमालेलाई जिस्काउने काम नगर्नु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा