नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।
मौसम विज्ञान विभागको सोमबारसम्मको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको छ ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा बहने उल्लेख गरे ।
केही दिन तापक्रम निरन्तर बढ्ने सम्भावना रहेकाले सजग हुनु पर्ने उनको भनाई छ । ।
आज मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनको जोड थियो ।
उनले भने, ‘चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गति २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ । ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।