आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

अध्यक्ष मिश्रले हटाए एक सांसदसहित २६ केन्द्रीय सदस्य


  • मंगलबार, चैत्र १ २०७८
9.3K
SHARES

फाइल तस्विर

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एक सांसदसहित २६ केन्द्रीय सदस्यहरुलाई कारवाही गरेका छन् । उनले कुनैपनि जिम्मेवारीमा नरहनेगरी पदमुक्त गरेका हुन् ।

यसमा प्रदेश सांसद रमेश पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरू रहेका छन् । यी मिलन पाण्डे पक्षीय नेताहरू हुन् । पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

गएका चारवटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा