संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले र रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमालेमै फर्किने अबस्थामा पुगेका छन् । नेपका एकीकृत समाजवादीबाट मन्त्री बनेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले र रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमालेमै फर्किन अध्यक्ष केपी शर्मा ओलीसंग बालकोटमै पुगेर भेटवार्ता गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट संघीय मन्त्रिपरिषद्मा रहेका केही नेताहरूबारे उक्त पार्टीको एउटा भ्रातृ संगठनका अध्यक्षले गम्भीर कुरा उठाएका छन्।
समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टीबाट संघीय सरकारमा मन्त्री बनेकाहरू अहिले अर्कै पार्टीको अध्यक्षको दैलो धाउन थालेको भन्दै आपत्ति प्रकट गरेका हुन्।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका केही मन्त्रीहरूबारे पराजुलीले सार्वजनिक रुपमै गम्भीर कुरा उठाएपछि समाजवादीभित्रको विवाद पनि सतहमा आएको छ।
स्रोतका अनुसार समाजवादीबाट मन्त्री बनेका दुई नेताले एमालेमै फर्किने गरी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमै पुगेर संवाद अघि बढाएका हुन्।
समाजवादीनिकट स्रोतले एमाले अध्यक्ष ओलीसँग श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ ुकिसानु एमालेमै फर्किने गरी छलफलमा जुटेका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पनि ओलीसँग संवादमा रहेको दाबी समाजवादी स्रोतले गरेको छ।
यी दुवैजना मन्त्रीहरु एमालेमै फर्किने गरी सूचना पाएपछि समाजवादीको भ्रातृसंगठन अनेरास्ववियूका अध्यक्ष पराजुलीले त्यसलाई सार्वजनिक रुपमै उठाएका छन्।
समाजवादीबाट मन्त्री भएका केही नेताहरु एमालेमा फर्किने गरी ओलीसँग भेटवार्ता बढाएपछि पराजुलीले सांकेतिक सूचनासहित उनीहरूको विरोध गरेका छन्।
यी दुई नेतामध्ये यसअघि प्रेम आले ओलीकै दोस्रो कार्यकालमा वन मन्त्री भएका थिए। कृष्णकुमार भने ओली सरकारमा मन्त्री हुन नपाएपछि एमाले छाड्दै गठबन्धनमा मन्त्री बनेका हुन्।
समाजवादीमा प्रवेश गरेपछि यी दुवैले आगामी निर्वाचन जित्न कठिन बनेको छ। आलेको गृहजिल्ला डोटीमा कांग्रेसका सुदूरपश्चिम अध्यक्ष वीरबहादुर बलायर दाबेदार हुन्। आलेले अघिल्लो निर्वाचनमा बलायरलाई नै पराजित गरेका थिए।
उता तनहुँमा यसअघि जितेका श्रेष्ठको क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। श्रेष्ठले पनि एमालेबाटै अघिल्लो निर्वाचनमा पौडेललाई हराएका थिए।
यस्तो अवस्थामा अध्यक्ष पराजुलीले एउटा पार्टीमा बसेर राति राति अर्कै पार्टीको नेता ९अध्यक्ष० सँग भेटघाट गर्ने कुरा गलत भएको बताएका छन्।
स्रोतका अनुसार पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेको खबर पाएपछि उक्त कुरा सार्वजनिक गरेका हुन्।
पराजुलीले श्रेष्ठ र आलेको गतिविधिबारे टिप्पणी गर्दै दलालसँग सम्बन्ध सुधार गर्न लागि परेको टिप्पणी गरेका छन्।