शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गणेशजीको दर्शन गरी आजको राशिफल पड्नुहोस् दिन सुभ हुनेछ


  • मंगलबार, चैत्र १ २०७८
14.6K
SHARES

फाईल तस्बिर

आज – ०१ चैत्र २०७८ मंगलवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर लत्ता कपडामा बढी धन खर्च पनि हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनुहोला, तर नयाँ कमको योजना बन्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै समाचारले मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । शेयर बजारले पनि साथ दिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा