आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

गृहमन्त्री खाणले एमालेमा पहिरो ल्याइदिए, एमालेभित्र भयो खैलाबैला


  • सोमबार, फाल्गुन ३० २०७८
11.1K
SHARES

भैरहवा – एमालेका लोकप्रिय युवा नेता भोला क्षेत्री ‘राजाबाबु’सहित ५ सय स्थानीय नेता कार्यकर्तालाई नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले पार्टीमा स्वागत गरेका छन् ।

शनिबार रुपन्देही कांग्रेसको क्षेत्र नं. १ ले धकधईमा आयोजना गरेको बृहत भेला एवम् पार्टी प्रवेश कार्यक्रममा खाणले एमालेका नेता क्षेत्रीसहितका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

एमालेको रोहिणी गाउँपालिका गाउँपालिका कमिटीका सचिव क्षेत्रीले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै ५ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

कार्यक्रममा गृहमन्त्री एवम् कांग्रेस नेता खाणले एमसीसीले देशको विकास हुनेभन्दै एमसीसी राष्ट्रघात नरहेको बताए । उनले विजुलीको तारमा झुण्डिएर कुनै पनि विदेशी सेना नआउने बरु त्यो तारबाट नेपालमा उत्पादन भएको विजुली विदेशमा लगेर बेच्न मिल्ने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, रुपन्देही– १ का क्षेत्रीय सभापति एवम् देवदह नगरपालिकाका नगरप्रमुख हीराबहादुर खत्री, रुपन्देही कांग्रेसका पार्टी सभापति रामकृष्ण खाण, नेपाल महिला संघकी रुपन्देहीकी सभापति गंगा शाही, कांग्रेस नेता मणिप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

एमालेका नेता विष्णु पौडेलको गृहजिल्लामा एमालेका लोकप्रिय युवा नेतासहित ५ सय स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि एमालेभित्र खैलाबैला भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा