गायक प्रकाश सपुत अहिले चर्चामा छन् । चर्चा हुनुका पछाडि उनको कला हो । तर उनले पस्केको कलालाई माओवादीका भातृसंगठनहरुले बिरोध जनाका छन् ।
यसै बिच गायक सपुतले आफ्नो नयाँ गीत ‘पीर लाई राजनीतिकरण नगर्न आग्रह गर्दै गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी समेत मागेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।
साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।
गायक सपुतले माओवादी युद्धमा भाग लिएका छापामारको कहानीलाई आफ्नू कलाको माध्यमबाट पस्केका छन् । उनले पस्केको भिडियोले माओवादी युद्धको मर्म र भावनामा चोट आएको भन्दै माओवादी भातृ सङ्गठनहरूले विरोध जनाएका छन् । यही बिचमा गायकले फेसबुकको माध्यमबाट माफी मागेका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।