शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसी आक्रमणविरुद्ध किभको प्रतिरक्षा गर्न युक्रेनको तयारी


  • आइतबार, फाल्गुन २९ २०७८
10.4K
SHARES

फाइल तस्विर

युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मबल रुससँग नभएको बताएका छन् ।

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । रणनीतिक बन्दरगाह सहर मारिउपोलले “मानवीय प्रकोप“ को सामना गरिरहेको जनाइएको छ । त्यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् ।

लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरिउपोल अझै पनि घेरिएको छ ।

“दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,“ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले बताएका छन् । (राससबाट)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा