नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गरेका छन् ।
विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने उद्घोष गरेका हुन्।
‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।
व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर मुलुकलाई दुर्घटनामा जानबाट रोकाएको दावी गरेका दाहालले पार्टीभित्र विमतीको स्वर राख्नेहरुलाई फेल गरेर देखाउन चुनौती समेत दिएका छन् ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य पनि सम्भव नरहेको भन्दै एमाले अध्यक्ष केपी ओली आफूहरुप्रति नकारात्मक मात्रै पाएको उल्लख गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।