शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गीतका सर्जकलाई धम्काउन छोड्नुहोस्, प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन : बाबुराम


  • आइतबार, फाल्गुन २९ २०७८
13K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुनै कुरा नभएको बताएका छन् । प्रकाश सपुतको अहिले बजारमा आएको जनयुद्धको पीडा बोकेको गीत चर्चाको बिषय बनेको छ ।

प्रकाश सपुतको पिर नामक गीतलाई लिएर माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले बिरोध जनाई रहेका छन् । तर माओवादी जनयुद्धका प्रमुख पात्र मध्येका डा बाबुराम भट्टराईले भने गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण कान्तिको पीडा दर्शाएको बताउदै गाएक प्रति खनिनु पर्ने कुनै कारण नभएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने? ‘


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा