सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

गठबन्धनले संसदलाई भत्ता खाने थलो बनायो : ओली


  • शनिबार, फाल्गुन २८ २०७८
12.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रूपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल निजामति कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर पनि गरे । त्यस्तै, ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

एमालेलाई चुनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।

वर्तमान सरकार पाँच न्यायाधीशले नियुक्त गरेको बालुवाको मुला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उनले बताए ।

त्यस्तै उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरू र सरकारमा रहेका मन्त्रीहरूलाई सत्ताको उन्माद लागेको पनि बताए । ओलीले एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बढारेर लैजाने दाबीसमेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा