शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा किन पुगे विप्लव ?


  • शुक्रबार, फाल्गुन २७ २०७८
14.3K
SHARES

फाइल तस्विर

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग प्रधानमन्त्री शेरबहादुर देउवाले  बालुवाटामा छलफल गरेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री देउवाले शान्त वातावरणमा चुनाव सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर छलफल थालेको उनको सचिवालयले जनाएको छ।

छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ।

यसअघि विप्लवले गृहमन्त्री खाणसँग छुट्टै भेटेर नेपाल सरकार र  नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल गरेका थिए।

छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए। गृहमन्त्री खाणले प्रक्रिया पुर्‍याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाई गर्न पहल गर्ने बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा