मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न छोड्नुहोस : ओली


  • KTM Khabar
  • शुक्रबार, फाल्गुन २७ २०७८
2.8K
SHARES

फाइल तस्विर

एमाले अध्यक्ष केपी शर्मा ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । राम राज्य आहा थियो भने के त्यहाँ इन्टरनेट थियो र भन्दै तर्क गरे ।

उनले अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न नहुने बताए ।

बिहीबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने, ‘भ्रम के पाल्नु हुन्न भने सत्य युग भन्ने आहा थियो । राम राज्य आहा थियो । त्यहाँ के थियो ? त्यहाँ इन्टरनेट फ्रि गरिदिएको थियो ?’

उनले पूर्वजहरुले मानवसभ्यताको विकासका लागि धेरै खोज, अध्ययन र चिन्तन मनन गरेको भन्दै त्यसमा भने अहिले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा