शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमससिसी प्रकरणमा मेरो बुद्धिमतापूर्ण निर्णय भएकै कारण देश र गठबन्धन दुवै जोगियो : प्रचण्ड


  • शुक्रबार, फाल्गुन २७ २०७८
12.7K
SHARES

फाईल तस्बिर

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी परियोजनाका विषयमा आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले अहिलेको सत्तारूढ गठबन्धन जोगिएको बताएका छन्। प्रचण्डले मुलुक नै अप्ठ्यारोमा परेको अवस्थामा आफूले सही निर्णय लिएर देशलाई सही दिशामा लगेको समेत दाबी गरेका छन्।

एमसिसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा गठबन्धनकै भविष्य के हुने हो भन्ने चर्चा चलिरहेका बेला सकारात्मक समाधान गर्न आफूहरू सफल भएको उनले बताए।

पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘एमसिसीबारे समस्याले देशमा गम्भीर प्रकृतिको असर पर्छ कि भन्ने जुन चिन्ता सर्वत्र छाएको थियो, हामीले अन्ततः सकारात्मक, रचनात्मक र बुद्धिमतापूर्ण तरिकाले समाधान निकाल्यौं, यसले अहिलेको हाम्रो गठबन्धन जोगिएको छ।’

प्रचण्डले सत्ता गठबन्धन आगामी चुनाव सम्मै जाने समेत बताएका छन् । एमसिसी परियोजनाका कारणले गठबन्धन टुट्ने वा देशको राजनीति नै दुश्चक्रमा फस्ने चर्चा चलिरहेका बेला आफूहरूले गरेको व्याख्यात्मक घोषणा सकारात्मक समाधानको आधार बनेको अध्यक्ष प्रचण्डले दाबी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा