सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?


  • बिहिबार, फाल्गुन २६ २०७८
14.1K
SHARES

आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।

गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो ।  जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ ।

यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि बिदा हुने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको  चाडमा पनि बिदा दिने निर्णय भएको छ । यसअघि क्याबिनेट बैठकले अपरझट यस्ता बिदा दिने गरेकामा सरकारले बिदासम्बन्धी सूचनामै यसबारे समेटेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा