शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

देउवाले हात झिकिदिए माओवादीले चुनाव बाटै धुलाई खाने, प्रचण्ड गठबन्धन जोगाउने दाउमा !


  • बिहिबार, फाल्गुन २६ २०७८
12.8K
SHARES

फाइल तस्विर

मुलुकमा अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । नेपाली काँग्रेसका सभापति राजनीतिमा चतुर खेलाडी मानिने शेरबहादुर देउवा अहिले मुलुकको प्रधानमन्त्रीको पदमा आसीन छन् ।

दश बर्शे युद्धको नेतृत्व कर्ता तथा गणतन्त्रका सूत्रधार मानिने माओवादी अध्यक्ष प्रचण्ड पनि अहिलेको सत्ता गठबन्धनको प्रमुख घटक मध्य एक हुन् ।

गणतन्त्र मुलुकमा आउनुमा प्रचण्डको भूमिका निःसन्देह प्रमुख रहेको छ । दश वर्षे युद्धको जगमा ६२-६३ को आन्दोलनमा टेकेर राजतन्त्रीय व्यवस्थालाई हटाएर गणतन्त्र ल्याउने प्रमुख भूमिका माओवादी पार्टी र अध्यक्ष प्रचण्डको छ । तर पछिल्लो समय प्रचण्डको राजनीतिक गतिविधि जनतामा खस्किँदो देख्न सकिन्छ ।

प्रचण्डको पपुलारिटी जनयुद्ध पछि शान्ति प्रक्रियामा आइसकेपछि जति थियो अहिले आधा पनि पाउन सकिँदैन । बिचमा विभिन्न राजनीतिक घटनाक्रम र उथलपुथलले प्रचण्डको पार्टी र स्वयम प्रचण्डलाई समेत कमजोर बनाएको विश्लेषकहरू बताउने गर्छन् ।

तत्कालीन अवस्थामा झन्डै दुई तिहाँई भएको कम्युनिस्ट सरकारलाई उथलपुथल र छुट फुट गर्नुमा प्रचण्डको पद प्रतिको मोह रहेको पनि बुझाई रहदै आएको छ ।

युद्ध ताका रहेका आफ्नै सहयोद्दा साथीहरू समेत प्रचण्ड सँग देखिँदैनन् । जनतामा समेत प्रचण्ड र उनी नेतृत्वको पार्टी टेस्टेड भइसकेको अवस्थामा अहिले प्रचण्डको पार्टी एक्लै जनतामा जाने हो भने अस्तित्वनै धरापमा पर्न सक्ने जानकारहरू बताउने गर्छन् ।

नि सन्देश प्रचण्डले गणतन्त्रको मुद्दा उठाएर स्थापित गराए तर अब पहिलेको जस्तो देखिँदैन । माओवादी पार्टी अहिलेको गठबन्धनबाट बाहिरिएर चुनाव लड्ने हो भने जनताबाटै साफ हुन सक्ने बताइन्छ ।

जनतामा आफु कमजोर रहेको बुझेका प्रचण्ड सत्ता गठबन्धनलाई जोगाएर भागबन्डाको आधारमा चुनाव लड्ने र चुनावबाट आफ्नू र आफ्नू पार्टीको अस्तित्व जोगाई राख्ने रणनीतिमा प्रचण्ड रहेको बुझिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा