वर्तमान सत्ता गठबन्धनको विरोध काँग्रेस भित्रकै दोस्रो पुस्ताका नेताहरूले गर्दै आएको प्रस्टै बुझ्न सकिन्छ । तर सभापति शेरबहादुर देउवा सत्ता गठबन्धन चुनाव सम्मै जाने र गठबन्धनमा सहभागी दललाई चित्त नदुखाउन नेता कार्यकर्ताहरूलाई सार्वजनिक रूपमै बताउँदै आएका छन् ।
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड गठबन्धनलाई जोगाउनकै लागि व्याख्यात्मक टिप्पणी सहित एमसीसीलाई पास गराएर चुनाव सम्मै गठबन्धनलाई कायम राख्ने रणनीतिमा रहेको बुझ्न सकिन्छ ।
त्यस्तै एमालेबाट अलग भएर बनेको समाजवादी दल पनि गठबन्धनलाई चुनाव सम्मै लगेर आफ्नु अस्तित्व कायम राख्न चाहन्छ । प्रचण्ड र माधव नेपालको स्वार्थ चुनाव सम्म गठबन्धन बनाएरै जानेमा मिल्छ तर प्रमुख सत्ताको नेतृत्व कर्ता दल नेपाली काँग्रेसका केही नेताहरू गठबन्धन सहित चुनावमा जना नहुने बताउँदै आएका छन् ।
आगामी चुनावमा तत्कालीन अवस्थामा लगभग दुइ तिहाँईको नजिक रहेको नेकपा फुटेर तिन ओटा छुट्टाछुट्टै दल भएको बेलामा कांग्रेसलाई अलि सहज देखिन्छ । सहज भएकै कारण गठबन्धनमा सहित चुनावमा जान नहुने केही नेताहरू भनिरहेका छन् ।
विभिन्न सामाजिक सञ्जाल हरूमा सर्वसाधारणको बहुसङ्ख्यक राय काँग्रेसले गठबन्धन छोड्नु पर्छ भन्ने नै रहेको छ । काँग्रेसको नृतत्वले गठबन्धनमै चुनावमा जने सङ्केत गरिसकेको छ ।
जनकारहरू भन्छन् यदि बिना गठबन्धन चुनावमा माओवादी र समाजवादी गए आगामि निर्वाचनबाट अस्तित्व नै धराप पर्न सक्छ त्यसैले माओवादी र समाजवादी गठबन्धनलाई कायम राख्दै चुनावमा जान चाहन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।