संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।
घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।
बा ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।